सुदूर नेपाललाई विश्वसँग जोड्दै

साफ यू–२० महिला च्याम्पियनसिप : नेपालले आज बंगलादेशको सामना गर्दै

२०७९ माघ २०, ०८:०८ खबर संवाददाता

काठमाडौं: बंगलादेशमा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप आज शुक्रबारबाट ढाकामा सुरु हुँदैछ। ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले आज आयोजक बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ। प्रतियोगिताको पहिलो खेलमा भने भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ। नेपाली टोलीका मुख्य प्रशिक्षक यम गुरुङले पहिलो खेलमा टिम उत्कृष्ट प्रदर्शनका लागि तयार भएको बताएका छन्। नेपालले प्रिती राईको कप्तानीमा प्रतियोगिता खेल्दैछ। अनुभवी प्रिती सिनियर राष्ट्रिय टोलीका सदस्य समेत हुन्।

प्रितीले पनि प्रतियोगितामा राम्रो नतिजा ल्याउन टिम तयार रहेको बताएकी छिन्। प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ। यस्तै अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ।
 

कमेन्ट लोड गर्नुस