सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारबाट नबाहिरिने रास्वपाको निर्णय

२०७९ माघ १९, ०८:५७ खबर संवाददाता

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट नबाहिरिने निर्णय गरेको छ।

रास्वपाले तत्काल सरकार  नछोड्ने र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा आफ्नो कुरा राख्ने निर्णय गरेको हो। गृह मन्त्रालय नपाएको झोकमा सरकारबाट बाहिरिने चेतावनी दिइरहेका पार्टीका सभापति रवि लामिछानेलाई पार्टीका बहुमत सांसद र केन्द्रीय सदस्यले अस्वीकार गरेका हुन्। 

बैठकपछि रास्वपाका प्रवक्ता मुकुल ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले २ दिन पर्खन आग्रह गरेको बताए। रास्वपा अध्यक्ष लामिछानेले बिहीवार दिउँसो सामाजिक सन्जालमा आफू अभिमन्यू बनेर नबस्ने भन्दै सरकारबाट बाहिरिने चेतावनी दिएका थिए। उक्त चेतावनी दिएपछि उनले पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका थिए।

गृह मन्त्रालय नपाएकै अवस्थामा सरकारबाट बाहिरिइहाल्न नहुने भन्दै अधिकांसले सुझाव दिएपछि लामिछानेले सरकारबाट बाहिरिने निर्णय गर्न हिच्किचाएर मध्यमार्गी बाटो अनपाएका हुन्।
 

कमेन्ट लोड गर्नुस