कैलालीकी गोमा राउतको जापानमा रहस्यमय मृत्यु
धनगढी: कैलालीको लम्की–बाहुनपुरकी गोमा राउतको जापानमा मृत्यु भएको छ। जापानस्थित निशी टोकियो इन्टरनेसनल कलेजमा अध्ययनरत राउतको शोवा जनरल अस्पतालमा मृत्यु भएको हो।
राउतको मृत्युको कारणबारे अहिलेसम्म स्पष्ट विवरण सार्वजनिक भएको छैन। उनको मृत्युको घटना रहस्यमय देखिएपछि थप अनुसन्धान र कानुनी प्रक्रिया पूरा गर्न पार्थिव शरीर प्रहरीको नियन्त्रणमा राखिएको बताइएको छ।
घटनाबारे सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको र आवश्यक प्रशासनिक प्रक्रिया अघि बढाइएको जनाइएको छ।
अध्ययनका लागि जापान पुगेकी गोमाको असामयिक निधनको खबरले त्यहाँ रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको छ।