सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

२०७९ माघ १९, ०६:०७ खबर संवाददाता

धनगढीः कैलालीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ४ स्थित पनेरुवा शिविरका ४८ वर्षीय जबर रोकामगर भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय, मालाखेतीबाट गएको प्रहरी समूहले उनको साथबाट भरुवा बन्दुक फेला पारेको हो।

बिहीवार उनलाई भन्दुकसहित पक्राउ गरिएको कैलाली प्रहरीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस