सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसपिए विद्यार्थी परिषद् भलिबल प्रतियोगिताको उपाधि साइमा एजुकेसन्सलाई 

२०७९ माघ १९, ०५:०३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् एसपिए विद्यार्थी परिषद् भलिबल प्रतियोगितामा साइमा एजुकेसन्स धनगढी विजयी भएको छ। बिहीवार एसपिए कलेजमा भएको फाइनल खेलमा साइमा एजुकेसन्सले कैलाली बहुमुखी क्याम्पसलाई पराजित गर्दै उपाधि हात पारेको हो।

बुधवार भएको सेमिफाइनल खेलबाट साइमा एजुकेसन्स धनगढी र केएमसी फाइनलमा पुगेका हुन्।माघ १५ देखि जारी प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो।

बिहीवार भएको खेलमा साइमा एजुकेसन्सले उपाधि कब्जा गर्दै नगद ५५ हजार र ट्रफी हात पारेको छ भने कैलाली बहुमुखी क्याम्पसको टिमले दोस्रो स्थानमा चित्त बुझाएको छ। साइमा एजुकेसन्सले केएमसीसँग लगातार तीन सेटको सोझो जित हात पारेको हो। केएमसीले दोस्रो हुँदै नगद २५ हजार प्राप्त गरेको छ। तेस्रो भएको टीकापुर क्याम्पसले नगर १५ हजार हात पारेको छ। 
साइमा एजुकेसन्सबाट क्याप्टन मिलन शाह, सन्तोष आग्री, लक्ष्मण भट्ट, पारस सिंह, सागर सिंह, प्रदिप भट्टराई, रुपेश सिंह र विकास नेपालीले उत्कृष्ट खेलेको साइमा एजुकेसन्सका  सञ्चालक प्रभास भट्टले बताए। यसैगरी सञ्चालक भट्टले प्रतियोगिताका विजेता र उपविजेता खेलाडीहरूलाई साइमा एजुकेसन्सले प्रदान गर्ने कम्प्युटर कक्षा, विभिन्न तह र विषयका ट्युसन कक्षा निःशुल्क प्रदान गरिने जनाएका छन्। खेलाडीहरूको मनोबल उच्च राख्न निःशुल्क कक्षा पढ्न पाउने व्यवस्था मिलाएको भट्टले बताए।

कमेन्ट लोड गर्नुस