सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा भरुवा बन्दुकसहित एक जना पक्राउ

२०७९ माघ १३, ११:१५ खबर संवाददाता

धनगढीः अछाममा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ कालिगाडी बस्ने ललितबहादुर कुँवर भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। 

कुँवरलाई एक थान भरुवा बन्दुकसहित विहिबार दिउँसो पक्राउ गरिएको प्रहरी जनाएको छ।

प्रहरी चौकी सिउडीबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित फेला पारी पक्राउ गरेको  हो।

कमेन्ट लोड गर्नुस