सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा दुई जना फरार प्रतिवादी पक्राउ

२०७९ माघ ११, ०९:४० खबर संवाददाता

धनगढीः कैलालीमा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्या लय कैलालीका अनुसार जिल्लाको बर्दयोरिया गाउँपालिका वडा नम्बर ४ का वीरबहादुर चौधरी र बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का ज्ञानबहादुर कठरिया पक्राउ परेका हुन्।

चौधरी आगलागी मुद्दाका फरार प्रतिवादी हुन भने खठरिया वन मुद्दाका फरार प्रतिवादी हुन्। उनीहरुलाई ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाको प्रहरी समूहले पक्राउ गरेको हो।

उनीहरुलाई कैलाली जिल्ला अदालत पठाइएको छ। चौधरीको २०६९ फागुन १३ गते फैसला भएको थियो भने कठरियाको २०७४ जेठ २९ गते ६ महिना कैदको फैसला भएको थियो। 
 

कमेन्ट लोड गर्नुस