सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय बाणिज्य बैंकको ५८ वार्षिकोत्सव सम्पन्न

२०७९ माघ १०, ११:१५ खबर संवाददाता

धनगढीः राष्ट्रिय बाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव सम्पन्न भएको छ।

मङ्गलवार धनगढीमा एक औपचारिक समारोह गरेर बैंकको प्रदेश कार्यालय धनगढी वार्षिकोत्सव सम्पन्न गरेको हो। वाणिज्य बैंक ऐन, २०२१ अनुसार देशको आर्थिक तथा व्यापारिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रिय वाणिज्य बैंक सरकारको पूर्ण स्वामित्वमा २०२२ साल माघ १० गते स्थापना भएको थियो।

हाल बैंकको ७ प्रदेशमा प्रदेश कार्यालय र ७७ वटै जिल्लामा २६५ शाखा कार्यालय, ५१ एक्सटेन्सन काउन्टर, २६८ एटिएम र १०२ वटा शाखारहित बैङ्किङ सेवामार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। देशभर बैंकका ५० लाख ग्राहक रहेका छन् भने बैंक कृषि कर्जा, अनुदान कर्जा र विपन्न वर्ग कर्जाका लागि ग्रहकको पहिलो रोजाइमा रहेको बैंकका अधिकारी दीर्घराज ओझाले जानकारी दिए। कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंकले परम्परागत बैङ्किङका साथै आधुनिक र डिजिटल सेवा जस्तै मोवाइल बैंङ्किङ, एटिएम र इन्टरनेट बैंङ्किङ प्रदान गरिरहेको बताइएको छ।

२०६३ सालमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएर बैंक तथा वित्तिय सस्था ऐन, २०७३ अनुसार सञ्चालन रहेको र चुक्ता पुँजी करिव १६ अर्व रहेको, आर्थिक वर्ष २०७८/०७९ मा ४ अर्वभन्दा बढी नाफा आर्जन गर्न बैंक सफल रहेको ओझाले बताए। बैंकले १२ दशमदव ५ प्रतिशत लाभाङ्श घोषणा गर्दै बैंक तथा वित्तिय संस्थामध्ये ग्राहकको हकहित संरक्षण गर्दै सर्वाधिक निक्षेप सुरक्षणकर्ताको स्थान प्राप्त भएको वार्षिकोत्सव कार्यक्रममा बताइएको छ।

 

कमेन्ट लोड गर्नुस