सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूकम्पले बाजुरामा ठुलो भौतिक क्षति

२०७९ माघ १०, ११:०४ खबर संवाददाता

धनगढीः बाजुरामा भूकम्पका कारण ठुलो भौतिक क्षति भएको छ।

जिल्लाको हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रबिन्दु बनाएर गएको ५ दशमलव ९म्याग्निच्युडको भुकम्पका कारण क्षति भएको हो। जिल्लामा मंगलवार रातिसम्म २५ घर भत्किएको विवरण आएको छ। जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार भूकम्पको क्षतिको विवरण संकलनको काम जारी छ। मंगलवार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको बिच्छया आसपास केन्द्रबिन्दु बनाएर ५ दशमलव ९म्याग्निच्युडकोे भूकम्प गएको थियो।

भूकम्पका कारण खसेको ढुङ्गा लागेर गौमुल गाउँपालिका वडा नम्बर २ की जमुना रोकायाको मृत्यु भएको छ। जंगलमा घाँस काटेर फर्किरहेको  बेला माथिबाट खसेको ढुङ्गा लागेर उनको मृत्यु भएको हो। जिल्लामा भेडा चराउन गएका गौमुल गाउँपालिका वडा न १ का एक जना घाइते भएका छन। जंगलमा भेडा चराउन गएका बेला माथीबाट भिर फुटेर पहिरो जादा ५०÷६० भेडा मरेका छन्। गाठालो गएका रामदल बोहरा घाईते भएका छन्। 

भूकम्पले बाजुरामा भएको क्षतिको विवारण 

जिल्ला बाजुरा बडिमालिका न।पा।७ रजातोली बस्ने हरी चन्द उपाध्याय २ तले २ कोठे ढुङ्गा माटोले बनेको टिनले छाएको कच्ची घर भुकुम्पका कारण घरको अगाडीको वाल भत्किएको , सरसामान घर भित्र च्यापिएका ,बस्न लायक नसकिने ,मानविय चौपाय क्षेती केही नभएको ।
जिल्ला बाजुरा बडिमालिका न।पा। ८ बस्ने हर्क गुरुङ्को घरको पछाडीको वाल १४:५६ बजे गएको भुकुम्पका भत्किएको , मानविय चौपाय क्षेती केही नभएको ।
जिल्ला बाजुरा बडिमालिका न।पा। ४ बस्ने बिरजोते चदाराको ३ तले ८ कोठे कच्ची ढुङ्गा माटोले बनेको पथ्थरले छाएको कच्ची घर १४:५६ बजे गएको भुकुम्पका कारण घर चर्किएको , मानविय चौपाय क्षेती केही नभएको ।
जिल्ला बाजुरा बडिमालिका न।पा।२ बस्ने दिल हमालको ३ तले ढुङ्गा माटोले बनेको पत्थरले छाएको कच्ची घर १४५६ बजे गएको भुकुम्पका कारण पछाडी वाल भत्केको बस्न नसकिने मानविय चौपाय क्षेती केही नभएको ।
हिमाली गा।पा। ५ कर्ण बहादुर बुडथापा , ऐ।ऐ। बस्ने धन बहादुर कार्की , प्रदिप थापा र सम्भुलाल कार्कीको २ तले ४ कोठे ढुङ्गा माटोले बनेको पत्थरले छाएको कच्ची घर आशिंक रुपमा चर्किएर क्षेती भएको मानविय चौपाय क्षेती केही नभएको ।
जिल्ला बाजुरा बडिमालिका न।पा। ८ बस्ने ढुङ्गा माटोले बनेको टिनले छाएको ३ तले कच्ची घर चर्किन गई आंशिक क्षेती मानविय चौपाय क्षेती केही नभएको ।
जिल्ला बाजुरा बडिमालिका न।पा।९ बस्ने ढुङ्गा माटोले बनेको पक्की घर चर्किएको , मानविय चौपाय क्षेती केही नभएको ।
ऐ।ऐ। बस्ने किठ्ठु लुहार २ तले १० कोठे ढुङ्गा माटोले बनेको पत्थरले छाएको कच्ची घर चर्किएको मानविय चौपाय क्षेती केही नभएको ।
ऐ।ऐ। बस्ने गोले थापाको घरको देवाल चर्किएको , मानविय चौपाय क्षेती केही नभएको ।
ऐ।ऐ। बस्ने बसन्त बि।क।को घर चर्किएको , मानविय चौपाय क्षेती केही नभएको ।
ऐ।ऐ। बस्ने गचे चधाराको घर चर्किएको , मानविय चौपाय क्षेती केही नभएको ।
ऐ।ऐ। बस्ने सान्ती घलानीको घर चर्किएको , मानविय चौपाय क्षेती केही नभएको ।
ऐ।ऐ। बस्ने सुर्जा बि।क। को घर चर्किएको , मानविय चौपाय क्षेती केही नभएको ।
जिल्ला बाजुरा बडिमालिका न।पा। २ सत्य मा।वि। भौनेरा स्कुल सिडीको माथी पानी छेक्क बनाएको जिना घर भत्किएको , मानविय चौपाय क्षेती केही नभएको ।
बडिमालिका न।पा। २ जुगाडा बस्ने नरेन्द्र हमालो २ तले घर भुकुम्पका कारण घरका वाल चर्किएको , मानविय चौपाय क्षेती केही नभएको ।
बडिमालिका न।पा। ९ बस्ने लाल चदारा,प्रकाश चदारा र गोरख चदाराको २ तले ८ कोठे संयुक्त घर भुकुम्पका कारण घरको ४ वटै वाल चर्किएका , बस्न लायक नरहेको , मानविय चौपाय क्षेती केही नभएको ।
बडिमालिका न।पा। ७ बस्ने धन बहादुर बि।क।को घर भत्केको , मानविय चौपाय क्षेती केही नभएको ।
ऐ।ऐ। ८ बस्ने तुला थापाको ढुङ्गा माटोले बनेको पत्थरले छाएको २ तले ४ कोठे घर पुरै चर्किएको , मानविय चौपाय क्षेती केही नभएको ।
ऐ।ऐ। ८ बस्ने जय रावलको ढुङ्गा माटोले बनेको पत्थरले छाएको २ तले ६ कोठे घर पुरै चर्किएको , मानविय चौपाय क्षेती केही नभएको ।
आज मिति २०७९र१०र१० गते गएको भुकुम्पका कारण जिल्ला हुम्ला ताजाकोट गा।पा। ३ बस्ने करबिर नेपाली छोरी बर्ष १६ की सरिता नेपाली हिमाली गा।पा। ६ धिममा दिदी रुपा नेपालीको घरमा आएकिमा भुकुम्प आई भाग्ने क्रममा लडी बेहोस भएकी स्वास्थ्य चौकी धिममा उपचार भईरहेको ।
बडिमालिका न।पा। ८ बस्ने रुपा रावलको ढुङ्गा माटोले बनेको पत्थरले छाएको घरको पछाडीको वाल भत्केको , मानविय चौपाय क्षेती केही नभएको ।
हिमाली गा।पा। ६ बस्ने नन्दराम बुढाको २ तले २कोठे ढुङ्गा माटोले बनेको पत्थरले छाएको कच्ची घरको २ कोठा पुर्ण रुपमा भत्केको बस्न लायक नरहेको , मानविय चौपाय क्षेती केही नभएको ।
हिमाली गा।पा। ४ बस्ने धिरेन्द्र मल्लको भुई तले २ कोठे टिनले छाएको घरको पछाडीको वाल पुरै भत्किएको बस।न लायक नरहेको , मानविय चौपाय क्षेती केही नभएको ।
ऐ।ऐ। ४ बस्ने ज्ञानेन्द्र मल्लको २ तले २कोठे घरको माथिल्लो तलाको पछाडी पट्टीको वाल भत्किएको ,बस्न लायक नरहेको , मानविय चौपाय क्षेती केही नभएको ।
ऐ।ऐ। ४ बस्ने छेत्र बहादुर मल्लाको २ तले ४ कोठे पत्थरले छाएको गरको पछाडी वाल भत्केको , मानविय चौपाय क्षेती केही नभएको ।

कमेन्ट लोड गर्नुस