सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

२०७९ माघ ९, १२:३७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ को डोकेबजारबाट १९ वर्षीय सानु अन्सारी पक्राउ परेका हुन्।

६२ ग्राम लागुऔषधसहित भारतको लखिमपुर खिरी पलिया घर भएका अन्सारी धनगढी उपमहानगरपालिका–१ मा डेरा गरी बस्दै आएका थिए।

अन्सारीलाई आइतबार राती प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।

भातरबाट नेपाल आउँदै गरेका उनलाई चेकजाँच गर्नेक्रममा लागुऔषध फेला परेपछि अन्सारीलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस