सुदूर नेपाललाई विश्वसँग जोड्दै

तरकारी सङ्कलन केन्द्रबाट डडेल्धुराका किसानलाई लाभ

फाइल फोटो
फाइल फोटो । फोटो स्रोत ।
२०७९ माघ ८, १०:४९ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकामा तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको छ। वडा नं २ मा स्थापित उक्त केन्द्रबाट  तरकारीलगायत कृषिजन्य उत्पादन सङ्कलन तथा बिक्री गर्न सहज हुने भएको छ।

सो केन्द्र स्थापनाले तरकारी खेतीमा सम्लग्न तीन सयभन्दा बढी किसान लाभान्वित भएका छन्। 
केन्द्र व्यवस्थापन तथा सञ्चालनका लागि  स्थानीय अगुवा किसान जोगबहादुर मडैको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको वडाध्यक्ष प्रमोद मल्लले बताए। अहिलेसम्म स्थानीय उत्पादनले बजार नपाउँदा समस्या भएको थियो। थोरै मात्रामा उत्पादन गर्ने किसानलाई बजारसम्म आउन खर्चले नपुग्ने हुँदै आएकामा  सङ्कलन केन्द्रमार्फत जाँदा पैसा पनि बचत हुने समय पनि खेर नजाने समूहका अध्यक्ष मडैले बताए। आलिताल–२ को बाँझो जमिन सदुपयोग गरी नगदेबाली, दलहनबाली, बेमौसमी तरकारी खेती, फलफूल खेती, र मसला खेतीलाई व्यावसायिकरुपमा अगाडि बढाउने र स्वरोजगार सिर्जना गरी सो वडालाई हरियालीसहित कृषि क्रान्तितिर लैजाने योजनाका साथ सङ्कलन केन्द्र स्थापना गरिएको वडाध्यक्ष मल्लले बताए। 

तरकारी सङ्कलन केन्द्र नहुँदा विगतमा तरकारी उत्पादनमा सम्लग्न किसानले सास्ती खेप्दै आएका थिए। सङ्कलन केन्द्र स्थापनासँगै तरकारी बजारमा पु¥याएर बिक्री गर्न सहज हुनाका साथै  कैलालीको धनगढीदेखि कोहरपुरसम्म तरकारी पु¥याउन सकिने विश्वास गरिएको छ। बजार सहजभएपछि हर्षित यहाँका किसान तरकारी उत्पादनमा हौसिएका छन् । वडाभित्र रहेको अन्य बाँझो जमिन पनि सदपयोग हुने जनाइएको छ। रासस
 

कमेन्ट लोड गर्नुस