सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल बिउ व्यवसायी संघ कैलालीको अध्यक्षमा भट्ट चयन

२०७९ माघ ७, ०९:२३ खबर संवाददाता

धनगढीः नेपाल बिउ व्यवसायी संघ कैलालीको अध्यक्षमा पुनः लोकेश भट्ट चयन भएका छन्। बिउ व्यवसायी संघ जिल्ला समन्वय समिती कैलालीको ८औँ ं साधारणसभाबाट अध्यक्षमा भट्ट चयन भएका हुन्। 
संघको उपाध्यक्षमा खडकबहादुर बोहरा, सचीवमा अनुप बम, कोषाध्यक्षमा प्रमोद  मगर, चयन भएका छन्।  सदस्यहरुमा रमेश घिमिरे, सुमन पन्त, गजेन्द्रबहादुर शाह, बलबहादुर चौधरी, जितबहादुर चौधरी लगायत चयन भएका छन्। संघका अध्यक्ष लोकेश भट्टको अध्यक्षतामा आयोजित ८औँ साधारणसभाको उद्घाटन नेपाल बिउ व्यावसायी संघका निवर्तमान अध्यक्ष लक्ष्मीकान्त ढकालले गरेका थिए।
 

कमेन्ट लोड गर्नुस