सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषध विक्रीमा संलग्न थप एक जना पक्राउ

२०७९ माघ ७, ०३:२५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषध विक्रीवितरणमा संलग्न थप एक जना पक्राउ परेका छन्।

जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ दुखतभुलीका महेशप्रसाद भट्टलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो।

७३ ग्राम लागुऔषधसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

लागुऔषध सेवन र विक्रीवितरणमा समेत संलग्न रहेको भन्दै प्रहरीले भट्टलाई पक्राउ गरेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस