सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उप–महानगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

२०७९ माघ ५, ०७:३३ खबर संवाददाता

धनगढीः धनगढी उप–महानगरपालिकालाई एम्बुलेन्स हस्तान्रण गरिएको छ।  विकासका लागि युवा प्रतिवद्वता संस्थाले उप–महानगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो।

विकासका लागि युवा प्रतिवद्वता संस्थाले उप–महानगरपालिकाले सञ्चालन गरेको ‘आमा बचाउ अभियानमा’ सहयोगका लागि एम्बुलेन्स हस्तान्तरण गरेको बताएको छ। सस्थाले सञ्चालन गर्दै आएको से १ च. १२१८ नम्बरको टाटा सुमो २०१५ मोडलको गाडि एम्बुलेन्सका लागि हस्तान्तरण गरेको संस्थाका अध्यक्ष स्माईल चौधरीले बताए।  

धनगढी उप–महानगरपालिकाले नगर क्षेत्रका १९ वटै वडाका गर्भवती तथा सुत्केरी महिलाका लागि ‘आमा बचाउ अभियान’ सञ्चालन गरेको छ। सबै वडामा एक÷एक एम्बुलेन्सको व्यवस्था उप–महानगरपालिकाले गर्दैछ। 

कमेन्ट लोड गर्नुस