सुदूर नेपाललाई विश्वसँग जोड्दै

उखुको मूल्य प्रतिक्विन्टलमा २० रुपियाँले वृद्धि

२०७९ माघ ५, १०:३३

काठमाडौंः सरकारले उखुको समर्थन मूल्य तोकेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले समर्थन मूल्य प्रतिक्विन्टल २० रुपियाँले बृद्धिगरी ५४० रुपियाँ तोकेको हो। कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले ७० रुपियाँ किसानका लागि सरकारले ढुवानीका लागि अनुदान पनि दिने निर्णय गरेको छ।

उनले भने, “आज बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५४० रुपियाँ तोकेका छौँ। सरकारले ७० रुपियाँ ढुवानीका लागि अनुदान दिने पनि निर्णय गरेको छ।” उनका अनुसार  प्रस्तावित समर्थन मूल्य ५३५ थियो। बैठकले पाँच रुपियाँ बढाएर ५४० रुपियाँ समर्थन मूल्य तोकेको हो। जुन गत वर्षको तुलनामा २० रुपियाँ बढी हो। 

गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५२० रुपियाँ तोकेको थियो। ढुवानी बापतको अनुदान रकम ७० रुपियाँ नै कायम गरेको थियो। अहिले भने सरकारले उखुको न्यूनतम मूल्य नै क्विन्टलमा २० रुपियाँले वृद्धि गरेर नयाँ मूल्य तोकेको हो।

कृषिमन्त्री साहका अनुसार उत्पादन लागतमा २० प्रतिशत नाफा किसानलाई निश्चित गरेर नयाँ मूल्य तोकिइएको हो। ५४० रुपियाँ क्विन्टलमा उद्योगीले अब किसानसँग उखु किन्नु पर्नेछ। बाँकी ७० रुपियाँ भने किसानलाई सरकारले दिएको अनुदान हो, उनले भने ।
 

कमेन्ट लोड गर्नुस