सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा विप्लव समूह र प्रहरीबीच गोली हानाहान : चार जना विप्लव कार्यकर्ता पक्राउ

२०७५ चैत्र १३, ०६:१८ खबर संवाददाता

अछाममा  नेक्रविक्रम चन्द विप्लव  नेतृत्वको नेकपा समूह र प्रहरीबीच गोली हानाहान भएको छ। अछामको  रामारोशन गाउँपालिकाको बाटुलसैन झातामा मंगलबार दिउँसो प्रहरी र विप्लवका सूमहका कार्यकर्ता बिच दोहोरो गोली चलेको हो। सूचनाका आधारमा विप्लव कार्यकर्तालाई पक्राउ गर्न जाने बेला एक आपसमा भेट भएपछि दोहोरो गोली हानाहान भएको प्रहरीले जनाएको छ।

अछामका प्रमुख प्रहरी नायब उपरिक्षक जनक शाहीले सुरुमा विप्लव समूहले प्रहरीमाथि गोली चलाएको बताए। प्रहरी नायब उपरिक्षक शाहीले प्रहरीले जवाफमा फायर खोलेको बताए। शाहीले दोहोरो गोली हानाहानपछि विप्लव समूहका चारजना कार्यकर्तालाई नियन्त्रणमा लिएको जानकारी दिए। नियन्त्रणमा लिएकाहरुले आफूलाई जिल्ला स्तरको नेता भनेपनि वास्तविक परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दोहोरो भिडन्तपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी नायब उपरिक्षक शाहीले बताए। 

कमेन्ट लोड गर्नुस