सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोखरा जहाज दुर्घटनामा कञ्चनपुरका आमा छोरा

२०७९ माघ १, ०५:५६ खबर संवाददाता

धनगढीः आइतबार विहान भएको जहाज दुर्घटनामा कञ्चपुरका एक आमा छोरा पनि परेका छन्। कञ्चनपुरका व्यवसायी सञ्जिवचन्द्र भट्टकी श्रीमती र छोरा दुर्घटनामा परेका हुन्।

व्यवसायी भट्टकी श्रीमती सुष्मा पाण्डेय भट्ट र कान्छो छोरा स्लक भट्ट दुर्घटनामा परेका छन्। आमा–छोरा आइतबार घुम्नका लागि यती एयरलाइन्सको जहाजमा पोखरा उडेका थिए। 

व्यवसायी भट्ट पुस ५ मा महेन्द्रनगरबाट काठमाडौं गएका थिए। उनका दुई छोरी र दुई छोरा छन्। कान्छा छोरा दुर्घटनामा परेका हुन्। उनी काठमाडौंस्थित सेन्ट जेभियर्स कलेजमा ११ कक्षामा अध्ययनरत थिए। भट्टको महेन्द्रनगरमा बजारमा पशुपती इम्पोरियम छ। 

धनगढी नगरपालिकाका तत्कालिन नगरप्रमुख खेमराज पाण्डेकी छोरी सुस्मा र नाती स्लक दुर्घटनामा परेका हुन्। 

कमेन्ट लोड गर्नुस