सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्याक्टरको ठक्करबाट कञ्चनपुरमा साइकलयात्रीको मृत्यु

२०७९ पुष ३०, ०७:२२

धनगढीः ट्याक्टरको ठक्करबाट कञ्चनपुरमा साइकलयात्रीको मृत्यु भएको छ।

जिल्लाको बोदकोट नगरपालिका वडा नम्बर ७ लालपुरमा ट्याक्टरले ठक्कर दिँदा २३ वर्षीय तारा मल्लको मृत्यु भएको हो। उनलाई शनिवार साँझ ५ बजे तिर पूर्व–पश्चिम राजमार्गमा ट्याक्टरले ठक्क दिएको प्रहरीले बताएको छ। 

प्रहरीका अनुसार मृतकको झोलाभित्र तारा मल्ल लेखिएको परिचयपत्र फेला परेको थियो।। त्यसमा ठेगाना बेदकोट नगरपालिका–१ लेखिएको छ। परिवारका सदस्य सम्पर्कमा आएको र मुचुल्काको काम हुँदै छ। 
पश्चिमबाट पूर्वतर्फ आइरहेको  म २ त १०३५ नम्बरको ट्याक्टरले ती युवतीलाई ठक्कर दिएको थियो।
 

कमेन्ट लोड गर्नुस