सुदूर नेपाललाई विश्वसँग जोड्दै

सानिया मिर्जाले गरिन टेनिसबाट सन्यास लिने घोषणा

२०७९ पुष ३०, ०६:०२ खबर संवाददाता

काठमाडौं: भारतीय टेनिस खेलाडी सानिया मिर्जाले टेनिसबाट सन्यास लिने घोषणा गरेकी छिन्। उनले सामाजिक सन्जालमा यो घोषणा गरेकी हुन्। उनले सामाजिक सन्जालमा अष्ट्रेलियन ओपन खेलेपछि आफूले दुबई ओपन खेल्ने र त्यसपछि टेनिसबाट सन्न्यास लिने जानकारी दिएकी हुन्।

उनले यसका लागि ट्विटरमा एउटा लामो पोस्ट राखेकी छिन्। यसलाई उनले लाइफ अपडेटको संज्ञा दिएकी छिन्। उनले यो घोषणा गर्दा आफ्नो आँखामा आँसु आएको मात्र बताएकी छैनन्, अब आफूले छोरालाई समय दिनु पर्ने बढी आवश्यकता रहेको पनि बताएकी छिन्।

कमेन्ट लोड गर्नुस