सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एलपीएलको सातौँ संस्करण माघ २१ गतेबाट

२०७९ पुष २९, ०५:४९

धनगढी : कैलालीको धनगढीमा विगत ६ वर्षदेखि आयोजनाहुँदै आएको विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सातौँ संस्करण आगामी माघ २१ गतेबाट सञ्चालनहुने भएको छ। 

आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै माघ २१ गतेदेखि फागुन ६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको छ। प्रतियोगिताको यो संस्करण धनगढीस्थित फाप्लाक्रिकेट मैदानमा आयोजना हुने लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए।

सातौँ संस्करणको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उप विजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदानगरिने छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्रप्राप्त गर्नेछन्। त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफ दीम्याचलाई २ हजार प्रदानगरिने आयोजनाले जनाएको छ । प्रतियोगितामा १० वटा विद्यालयको सहभागिता रहेको छ। प्रत्येकविद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन्। 

विद्यालयमा लुकेर रहेकाक्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ। प्रतियोगिताको यो संस्करणमा सहभागी १० टिमलाई २ समूहमा विभाजन गरिनेछ। यसरी विभाजनगर्दा एउटा विद्यालय टिमले ४ वटा लिग चरणकै खेल खेल्न पाउने छन्। त्यसबाट विद्यालयहरू भित्र लुकेर रहेका नवप्रतिभाहरू पहिचान गर्न सजिलो हुने विश्वास गरिएको छ। प्रतियोगितामा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ. मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिकआवासीय महाविद्यालय तेघरी कैलाली, नवबाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ. सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन्। 

प्रतियोगिताको प्रायोजकमा  लिटल फ्लावरका बोर्डिङ स्कुल धनगढी र वर्ल्ड भिजन नेपाल (नेपाली जुटी बाल विवाह रोकौँ) र आइएमइ पे रहेको छ। त्यस्तै, डिजिटल लर्निंङ पार्टनरमा निमा एकेडेमी, हायर एजुकेसन पार्टनरमा टाइम्स इन्टरनेशनल कलेज, कम्युनिकेसन पार्टनर नेपाल टेलिकम, सर्पोटेड बाई हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज काठमाडौँ, रनर अप प्रायोजकमा गुरुकुल एकेडेमी धनगढी रहेको छ। त्यस्तै, गेट प्रायोजकमा धनगढी वाल पेपर सप्लायर्स एण्ड होम डेकोर, पब्लिकेसन पार्टनर ओशनपब्लिकेसन, हस्पिटालीटि पार्टनर, इमेज होटेल प्रा.लि., सर्टिङ एण्ड सुटिङ पार्टनर, गुरुजी सर्टिङ एण्ड सुटिङ, प्लेयर अफ दी टुर्नामेण्ट, मालिकार्जुन हार्डवेयर प्रा.लि. अत्तरिया रहेको छ। 

त्यस्तै, सहप्रायोजकहरुमा निष्ठ फाउन्डेसन काठमाडौँ, के. आई. सिंह गाउँपालिका डोटी, धनगढी स्किन केयर एण्ड एथेस्टिक सेन्टर धनगढी, निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, धनगढी, चैतन्य पाठशाला, धनगढी, जय मंगलम् सिमेन्ट पालि, विनोद शाही हाल अमेरिका, दाहाल पुस्तक पसल धनगढी, होटेल जियान हस्पिटालिटी धनगढी, उच्चाकोटी आर.एम.सी, डिस्कभरि बोर्डिङ स्कुल धनगढी, स्टेशनरी पार्टनर, सानभीबुक्स एण्ड स्टेशनरी, धनगढी रहेका छन् । वेस्ट बलर प्रायोजक वरिष्ठ समाजसेवी जयन्ती थापा (अमेरिका), एजुकेसन एण्ड कन्सल्टेन्सी पार्टनर एस. आ. जी.नेपाल, ब्याट्सम्यान प्रायोजक विद्या भूषण पब्लिक स्कुल,मोहनपुर, ब्यानर प्रायोजक नवजीवन हस्पिटल, समाजसेवी अर्जुनराज जोशी (हाल कोरिया) विशेष अटो सर्भिसेज(हिरो) धनगढी कैलाली रहेका छन्।
 

कमेन्ट लोड गर्नुस