सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा नेपाल–इण्डो टी-२० क्रिकेट प्रतियोगिता शुरु

फाइल फोटो
फाइल फोटो
२०७९ पुष २७, ०९:२९ खबर संवाददाता

बैतडी: बैतडीमा प्रथम नेपाल– इण्डो खुला टी–२० क्रिकेट प्रतियोगिता बुधबारबाट शुरु हुँदैछ। पञ्चकोटी युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका पुरुष क्रिकेट टोलीको सहभागिता रहनेछ।

प्रतियोगिताको उपाधि विजेता टोलीले नगद ४० हजार र उपविजेता टोलीलाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक पञ्चकोटी युवा क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिए। दशरथचन्द नगरपालिका १० स्थित बुड्डाबाजे खेलमैदान रातामाटामा सञ्चालन हुने प्रतियोगिताका खेलहरु लिग चरणमा खेलाइनेछन्। 
 

कमेन्ट लोड गर्नुस