सुदूर नेपाललाई विश्वसँग जोड्दै

कन्चनपुरका दुई स्थानीय तहले छाडा पशु चौपायाको संयुक्त रूपमा व्यवस्थापन गर्ने

फाइल फोटो
फाइल फोटो
२०७९ पुष २५, ०७:३८ खबर संवाददाता

कञ्चनपुर: कन्चनपुरका दुई स्थानीय तहले छाडा पशु चौपायाको संयुक्त रूपमा व्यवस्थापन गर्ने भएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाले छाडा पशु चौपाया संयुक्त रूपमा व्यवस्थापन गर्ने गरि छलफल अगाडि बढाएका हुन्।

सोमबार कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाको कार्यकक्षमा साझा समस्याको रूपमा रहेको छाडा पशु चौपायालाई साझेदारीमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा र लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना बीच छलफल भएको हो।

छलफलमा कृष्णपुर नगरपालिकाको वडा नम्बर ३ र लालझाडी गाउँपालिकाको वडा न ५ को भु–बनोट जोडिएको र ती दुई वडामा छाडा पशु चौपाया व्यवस्थापनमा समस्या भैरहेको हुँदा दुवै स्थानीय तहले सयुंक्त रूपमा खर्च व्यहोर्ने गरी छलफल अगाडि बढेको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले बताए। पशु चौपायाको व्यवस्थापन सँगै आगामी दिनमा विकास निर्माणदेखि अन्य कार्यमा पनि लालझाडी गाउँपालिकासँग सहकार्य गरेर अगाडि बढ्ने नगरप्रमुख ओझा बताए। 
 

कमेन्ट लोड गर्नुस