सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीकेदार कृषि सहकारी संस्थाको ९ औं साधारण सभा सम्पन्न 

२०७९ पुष २३, ०६:५६ नारायण अवस्थी

धनगढीः श्रीकेदार कृषि  सहकारी संस्थाको ९ औं साधारण सभा सम्पन्न भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको संस्थाको शनिवार नयाँ कार्यसमितिको चयन गर्दै साधारण सभा सम्पन्न भएको हो।

संस्थाका अध्यक्ष नन्दुसिंह ऐरीको अध्यक्षतामा सम्पन्न साधारण सभाको प्रमुख अतिथि प्रदेश सभा सदस्य रमेशसिंह धामी रहेका थिए। यस्तै, साधारणसभामा प्रदेश सभा सदस्य डम्मरी महरा, सेती अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह कार्यक्रममा विशिष्ट अतिथि रहेका थिए।


६२७ सदस्य रहेको कृषि सहकारीमा २६५ जन महिला सदस्य रहेका छन् भने संस्थाको जम्मा शेयर रकम १२ लाख ९२ हजार ७०० र बचत रकम ६६ लाख ७३ हजार ३७० रुपैयाँ ६५ पैसा, जगेडा तथा अन्य कोषमा २० लाख ५६ हजार ४३१ रुपैयाँ ९० पैसा र चालू दायित्व ८० हजार ९६२ रुपैयाँ १९ पैसा गरि जम्मा १ करोड  १ लाख ३ हजार ४६४ रुपैयाँ ७४ पैसा रहेको प्रतिवेदन प्रस्तुत गरिएको थियो।हेको साधारणसभामा प्रस्तुत गरिएको थियो।

साधारणसभाबाट नन्दुसिंह ऐरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। संस्थाको उपाध्यक्षमा विस्ना चन्द, सचिवमा नारायण पन्थी, सह-सचिवमा इश्वर चन्द, कोषाध्यक्षमा डिल्लीराज लेखक, सदस्यमा भोले राना, कल्पना दियाकोटी, हिक्मत विष्ट, चक्रसिंह भण्डारी चयन भएका छन्। यस्तै, लेखा संयोजकमा तेजबहादुर चन्द र सदस्यमा राधादेवी पनेरू र कल्याण विक सर्वुम्मत चयन भएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस