सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ज्येष्ठ नागरिकलाई कम्बल वितरण 

२०७९ पुष २२, ०९:३८

बेलौरीः कञ्चनपुरको बेलौरी नगरपालिका–७ का ज्येष्ठ  नारिकलाई आज न्यानो कम्बल वितरण गरिएको छ। 

सामाजिक सुरक्षा भत्ता पाउँदै आएका दुई सय ५० जना ज्येष्ठ  नागरिकलाई कम्बल वितरण गरिएको हो। वडाको चालु आर्थिक वर्षको  तीन लाख ५० हजार विनियोजित बजेटबाट ज्येष्ठ  नागरिकलाई न्यानो कम्बल वितरण गरिएको वडा अध्यक्ष प्रकास श्रेष्ठले बताए। “कठ्याङ्ग्रिदो चिसोबाट जोगाउनका लागि ज्येष्ठ  नागरिकलाई कम्बल वितरण गरेका छौँ”, उनले भने, “न्यानो कम्बलको अभाव खेप्दै आएका ज्येष्ठ  नागरिक लाभान्वित भएका छन्।”

कम्बल वितरण गरिएका ज्येष्ठ  नागरिकको वडाले निःशुल्करुपमा स्वास्थ्यकर्मीबाट स्वास्थ्य गरीक्षण गरी परामर्श प्रदान गरिएको छ। यसैगरी, नगरपालिका–५ ले आजै दुई सय ४४ जना ज्येष्ठ  नागरिकलाई पानी तातो गर्ने विद्युतीय जग र टर्चलाइट वितरण गरेको छ। 

जग र टर्चलाइटका लागि वडा कार्यालयले लक्षित वर्ग अन्र्तगतको रु तीन लाख बजेट खर्च गरेको छ। दुवै वडाका ज्येष्ठ  नागरिकलाई नगर प्रमुख पोतिलाल चौधरीले वितरण गरेका छन्। रासस
 

कमेन्ट लोड गर्नुस