सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा हतियारसहित पक्राउ परे तीन भारतीय डाँका

२०७९ पुष १६, ०७:४४ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा तीन जना भारतीय डाँका पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १ वैशाखी गाउँबाट भारतीय डाँका हतियारसहित पक्राउ परेका हुन्। प्रहरीका अनुसार स्थानीयको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको हो।

गाउँमा लुटपाटका लागि आएका डाँकाहरुलाई स्थानीयले घेराबन्दी गरेका थिए। प्रहरीका अनुसार शुक्रवार राति एक र शनिवार बिहान २ जनालाई प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका हुन्। उनीहरुको साथबाट एक पेस्तोल र आठ राउण्ड गोलीसमेत बरामद गरिएको छ। 

कमेन्ट लोड गर्नुस