सुनको मूल्य बढ्यो, कति छ आज तोलाको ?
काठमाडौं: नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेको जानकारी दिएको छ। महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै सुनको मूल्य बढेको जानकारी दिएको हो। सोमबार छापावाला सुनको मूल्य तोलामा १ लाख ५०० रूपैयाँ थियो। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख रूपैयाँ थियो।
आज तोलामा २०० रूपैयाँ बढेसँगै मंगलबार तोलामा १ लाख ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २०० रूपैयाँ छ। सुनको मूल्य बढे पनि मंगलबार चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य प्रतितोला १३ सय ९० रूपैयाँ छ। यससँगै, लगातार ४ दिनदेखि चाँदीको मूल्य स्थिर छ।