सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ

२०७९ पुष ११, ०३:३७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१८ निम्बुखेडाबाट अवैध लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका हुन्।

एक ग्राम १५ मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा निम्बुखेडाका ३२ वर्षीय सुरेन्द्र बम र १८ वर्षीय किशोर रहेका छन्। वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले शंका लागि उनीहरूको शरिर तलासी गर्दा उक्त पदार्थ फेला पारेपछि दुबै जनालाई पक्राउ गरेको हो।
 

कमेन्ट लोड गर्नुस