नेपाल टी–ट्वान्टी लिग आजदेखि सुरु
काठमाडौं: नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आज शनिबारदेखि नेपाल टी २० लिग क्रिकेट प्रतियोगिता सुरुहुँदै छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुन लागेको प्रतियोगितामा ६ वटा टिमले प्रतिस्पर्धा गर्दैछन्।
पहिलो संस्करणको उद्घाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने छ। आजै अर्को खेल पनि हुने तय भएको छ। उद्घाटन खेल आज विहान ९ः१५ बजेदेखि सुरुहुने छ भने दोस्रो खेल लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेडबीच हुने छ। दोस्रो खेल १ः१५ बजेदेखि सुरुहुने जनाइएको छ।