एसियन यू–२३ सेन्ट्रल जोन पुरुष भलिबलमा नेपाल र किर्गिस्तान आज खेल्दै
काठमाडौं: एसियन यू–२३ सेन्ट्रल जोन अन्तराष्ट्रिय पुरुष भलिबलमा नेपाल र किर्गिस्तान आज खेल्दैछन्। बगबंन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल अब लिग चरणको अन्तिम खेल आज शनिबार किर्गिस्तानसँग खेल्नेछ।
ढाकामा शुक्रबार श्रीलंकासँग पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो। नेपाललाई श्रीलंकाले ३–० को सोझो सेटमा हराएको हो। च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागीता रहेको छ।