सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप फुटबल : फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन  

२०७९ पुष ४, ०५:५८ खबर संवाददाता

काठमाडौं: अर्जेन्टिनाले कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि जितेको छ। आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो।

अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको हो। अर्जेन्टिनाले यस अघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो। फ्रान्स भने लगातार दोस्रो पटक र तेस्रो पटक उपाधि जित्न बन्चित बनेको छ। फ्रान्सले यस अघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो।

लुसिल स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट २–२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिनाले बाजी मार्यो।

अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गर। फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गर। तर, किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुके।

कोम्यानको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले बचाए भने चुवामेनीको प्रहार बाहिरिएको थियो। त्यसअघि खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो। खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए।

फ्रान्सका ओसुमाने डेम्बेलेले पेनाल्टी क्षेत्रभित्र एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टीको अवसर पाएको थियो। जसमा मेस्सीले सहजै गोल गरे। यस गोलसँगै विश्वकपमा कीर्तिमानी २६ औं खेल खेलेका मेस्सी समूह चरणबाट फाइनल चरणसम्म गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

खेलको ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै फ्रान्सलाई २–० गोलको अग्रता दिलाए। उनले म्याक एलिस्टरको पासमा गोल गरे। तर, दोस्रो हाफमा एमबाप्पे चम्किदा फ्रान्सले पुनरागमन गर्‍यो। ८० औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २–१ को स्थितिमा ल्याए।

अर्जेन्टिनाका निकोलस ओटामेन्डीले राण्डल कोलो मुवानीले पेनाल्टी क्षेत्रमा लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो। जसमा एमबाप्पेले सहज गोल गरे। खेलको ८१ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २–२ गोलको बराबरीमा ल्याए। उनले मार्कुस थुरामको पासमा उत्कृष्ट गोल गरे।

अतिरिक्त समयमा समेत दुबै टोलीले थप एक एक गोल गरेको थियो। खेलको १०९ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई पुनः ३–२ को अग्रता दिलाए। तर, खेलको ११८ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई ३–३ गोलको बराबरीमा ल्याएका थिए।

अर्जेन्टिनाका गोन्जालोले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो। त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल पेनाल्टीमा गएको थियो।
 

कमेन्ट लोड गर्नुस