सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप फुटबल : आज फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा

२०७९ पुष ३, ०६:०८ खबर संवाददाता

काठमाडौं: कतारमा जारी फिफा विश्वकपको फाइनल खेलमा आज (आइतबार) उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदै छ। कतारको सबैभन्दा ठूलो लुसैल रंगशालामा हुने फाइनल खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ।

यो रंगशालाको दर्शक क्षमता करिब ८९ हजार छ। फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन्। फाइनल प्रवेशका क्रममा फ्रान्सले मोरक्कोलाई २–० ले र अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३–० ले पराजित गरेका थिए। 

कमेन्ट लोड गर्नुस