सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप फुटबल : फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने

२०७९ मंसिर २९, ०६:०९ खबर संवाददाता

काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्। बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ। साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २–० ले हराएको हो।

अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएको थियो। फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल लुसिल स्टेडियममा आइतबार राति ८ः४५ बजे सुरु हुनेछ। सन् २०१८ को विश्वकपको राउण्ड अफ १६ मा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भएको थियो।

उक्त खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोल अन्तरले हराएको थियो। हालसम्म फ्रान्स र अर्जेन्टिनाले समान दुई पटक विश्वकपको उपाधि हात पारेका छन्। 

कमेन्ट लोड गर्नुस