सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप फुटबल : पहिलो सेमिफाइनल आजबाट सुरु

२०७९ मंसिर २७, ०६:२४ खबर संवाददाता

काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरु आज मंगलबारबाट सुरु हुँदैछ। कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज राति अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ।

दोहाको लुसेल रंगशालामा हुने पहिलो सेमिफाइनलमा मैदान उत्रदा अर्जेन्टिना र क्रोएसिया फाइनल पुग्ने योजनामा हुनेछ । अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुने भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन्।

अर्जेन्टिना र क्रोएसियाबीच पछिल्लो पटक २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो। समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले हराएको थियो।


 

कमेन्ट लोड गर्नुस