विश्वकप फुटबल : सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक
काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक भएको छ। एडिडास कम्पनीले आइतबार विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएको नयाँ बलको नाम ’अल हिल्म’ राखिएको छ । अरेबिक शब्द अल हिल्मको अर्थ सपना हो। यस अघिको अल रिहलाको जस्तै यस बलमा समेत प्रविधिको प्रयोग गरिएको छ।
यस पटकको विश्वकपमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा प्रवेश गरेका छन।