सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य प्रतितोला एक लाख पाँच सय

२०७९ मंसिर २५, ०९:२७ खबर संवाददाता

काठमाडौँः नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले बढेर एक लाख पाँच सय पुगेको छ। अघिल्लो दिन प्रतितोला एक लाख तीन सयमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार आठ सय थियो।     

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १० ले बढेर रु एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ। 

कमेन्ट लोड गर्नुस