करियरकै ठूलो सपना साकार पार्न असफल भएँ: रोनाल्डो
काठमाडौं: पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफू करियरकै ठूलो सपना साकार पार्न असफल बनेको बताएका छन्। शनिबार राति जारी विश्वकपको क्वार्टरफाइलमा मोरोक्कोसँग १–० ले पराजित भएपछि पोर्चुगल बाहिरिएको थियो।
आज सामाजिक सञ्जालमार्फत रोनाल्डोले पोर्चुगलका लागि विश्वकप जित्ने आफ्नो करियरको सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना भएपनि असफल भएको बताए।
"मैले धेरै अन्तर्राष्ट्रिय उपाधि जितेँ । तर, आफ्नो देशका लागि विश्वकप जित्ने मेरो सबैभन्दा ठूलो सपना थियो। यसका लागि म धेरै लडेँ। कडा संघर्ष गरेँ। मैले त्यो सपनालाई कहिल्यै छोडिनँ," उनले भनेका छन्, "तर दुःखको कुरा हिजो सपना समाप्त भयो।"