सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा १५४ जनाको आँखा शल्यक्रिया

२०७९ मंसिर २३, ०७:१८ खबर संवाददाता

धनगढीः गेटा आँखा अस्पतालले कैलालीको लम्कीमा १५४ जनाको आँखाको ज्योती फर्काएको छ। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र नेपाल बालबालिका सहायता कार्यक्रमको आयोजनामा गरिएको दुई दिने आँखा शिविरमा १ हजार १२९ जना आँखाका बिरामीले सेवा लिएका छन्।

अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले दिएको जनाकारी अनुसार १ हजार १२९ जनाको आँखाको जाँच गरिएकोमा १५४ जनाको आँखाको सल्यक्रिया गरिएको छ। १५३ जनाको आँखामा मोतियाबिन्द र एकजनाको ट्रकोमाको शल्यक्रिया गरिएको हो।

शिविर सञ्चालनका लागि तेज कोहली रुईत फाउण्डेशन र लिटिल स्टार्सको सहयोग रहेको थियो। कैलालीको लम्की चुहा नगरपालिका वा नं। ३ बलचौरमा सञ्चालित चालित आँखा शिविरमा ४६७ जना आँखाका विरामीलाई निःशुल्क चश्मा उपलब्ध गराईएको छ भने ५०८ जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार गरिएको छ।

कमेन्ट लोड गर्नुस