सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा कुखुरा फर्मभित्र आगलागी 

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ मंसिर २३, ०१:३७ खबर संवाददाता

धनगढीः बाजुरामा कुखुरा फर्मभित्र आगलागी भएको छ। जिल्लाको बडिमालिका नगरपालिका ६ जडङ्गा बस्ने तुले कार्कीको घर नजिकै रहेको कुखुरा फर्मभित्र आगलागी भएको हो। 

प्रहरीका अनुसार हिटर सर्ट भई गएराति आगलागी हुँदा फर्म र फर्ममा रहेका ९ सय ८० वटा कुखुरा, दाना लगायतको सामान जलेको छ। 

आगलागीबाट करीब ९ लाख ८८ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ। प्रहरीले स्थानीय तथा दमकलको सहयोगमा आगलागी नियन्त्रण लिइएको र यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस