सुदूर नेपाललाई विश्वसँग जोड्दै

 शुक्रबार सुन १ लाख ३ सयमा कारोबार हुदैँ  

२०७९ मंसिर २३, ११:१३ खबर संवाददाता

काठमाडौंः नेपाली बजारमा सुनचाँदीको मूल्य एक लाख नाघेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ६ सयले बढेर १ लाख ३ सय  रुपैयाँ कायम भएको छ।

बिहीवार प्रति तोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सयले बढेर प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला ३० रुपैयाँले बढेको हो।
 

कमेन्ट लोड गर्नुस