गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणार्थ अत्तरियाबाट ३२ हजार संकलन
गौतम बुद्ध अन्तराष्ट्रिय रङ्गशाला निर्माणमा कैलालीको अत्तरियाबाट सहयोग संकलन भएको छ। धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणार्थ हाँस्य टेलिश्रृखंला ‘भद्रगोलको टोलीसंगको सहकार्यमा दुर्गालक्ष्मी क्याम्पसका विद्यार्थीहरुले ‘स्कुल कलेज फण्ड राईजिङ क्याम्पिएन’ संचालन गर्दा ३२ हजार ५ सय सय ३२ रुपैया संकलन गरेका कुमार कट्टेलले जानकारी दिए।