सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप लिग टु:  नेपाल र नामिबिया खेल्दै

२०७९ मंसिर २१, ०८:४८

काठमाडौं: आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज बुधबार तेस्रो खेल खेल्दैछ। तेस्रो खेलमा नेपालले घरेलु राष्ट्र नामिबियाको सामना गर्दैछ।

नेपाल र नामिबिया बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ।यस सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ।

नेपाल र नामिबिया तीन एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन्। दुई खेल नामिबियाले जितेको छ। एक खेल भने बर्षाका कारण नतिजा बिहिन भएको अंक छ।

यस सिरिजको पहिलो भेटमा नेपाल र नामिबिया बीचको खेल बर्षाले प्रभावित हुँदा अंक बाडिएको थियो। यस सिरिजमा दुई खेल खेलेको नेपालले १ मा हार तथा १ मा अंक बाडेको छ।

नामिबियाले ३ खेल खेल्दा १ मा जित,१ मा हार र १ मा अंक बाडेको छ। ७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २२ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ। नामिबिया भने २९ खेलमा ३५ अंकका साथ तेस्रो स्थानमा रहेको छ। 
 

कमेन्ट लोड गर्नुस