सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप फुटबल : प्रि-क्वाटरफाइनलको अन्तिम दुई खेल आज हुँदै

२०७९ मंसिर २०, ०७:१७ खबर संवाददाता

काठमाडौं:  कतारमा जारी फिफा विश्वकप फुटबलमा आज मंगलबार राउण्ड अफ १६ अन्तर्गतका अन्तिम दुई खेलहरु हुँदैछन्। मंगलबार हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ। 

एजुकेसन सिटी  स्टेडियममा हुने मोरक्को र स्पेनबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ। आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन्।

मोरक्को समूह ’एफ’ को विजेता र स्पेन समूह ’ई’ को उपविजेता बन्दै नकआउट चरणमा भेट पक्का गरेका हुन्। अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।

प्रि–क्वाटरफाइनलको अन्तिम खेलको रुपमा रहेको यस खेल  राति १२ः४५ बजे सुरु हुनेछ। लुसिल स्टेडियममा आज दुबै टोली पोर्चुगल र स्विट्जरल्यान्ड  जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनामा रहेको छ।

पोर्चुगल समूह ’एच’ को विजेता र स्विट्जरल्यान्ड समूह ’जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।     
 

कमेन्ट लोड गर्नुस