सुदूर नेपाललाई विश्वसँग जोड्दै

यू–१९ राष्ट्रिय पुरुष क्रिकेटमा सुदूरपश्चिम विजयी

२०७९ मंसिर १९, ०१:४५ खबर संवाददाता

काठमाडौं:  यू–१९ राष्ट्रिय पुरुष क्रिकेटमा सुदूरपश्चिम प्रदेश विजयी बन्दै प्रतियोगिताको उपाधि जितेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो।
लुम्बिनी प्रदेशले दिएको ९३ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले २१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। सुदूरको लागि गजेन्द्र बोहोराले अविजित ३९ रन बनाए। दिपक बोहोराले २५ रन बनाए भने अनुराग सिंह २२ रनमा आउट भए। यस्तै अर्का दिपक बोहोरा शून्य रनमा आउट भए भने  मिलन बोहोराले ६ रन बनाए। 

यता लुम्बिनीका लागि रमेश कुर्मी २ विकेट तथा  निर्मल गुरुङ र अभिषेक गौतमले १÷१ विकेट विकेट लिए। त्यसअघि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले सुदूरका मिलन धामीको घातक बलिङमा २९.१ ओभरमा सबै विकेट गुमाएर लुम्बिनीले ९२ रन मात्रै बनाउन सक्यो। 

लुम्बिनीको लागि आकाश त्रिपाटीले सर्वाधिक ३८ रन बनाए भने नर सार्कीले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुदुरपश्चिमका लागि मिलन बोहोराले ९ ओभरमा १५ रन दिदै ५ विकेट लिए। हेमन्त धामी  र नरेन साउदले समान २/२ विकेट लिए।

डिफेन्डिङ च्याम्पियन लुम्बिनी भने समूह चरणका ६ मध्ये ५ खेलमा विजयी भएर फाईनलमा पुगेको थियो। यस संस्करणको समूह चरणको भेटमा लुम्बिनी सुदुपश्चिमसँग १ सय रनले पराजित भएको थियो। कात्र्तिक  ७ गतेबाट सुरु भएको प्रतियोगितामा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशसहित ७ प्रदेशको सहभागिता रहेको थियो।

उपाधिसँगै सुदूरपश्चिमले २ लाख नगद प्राप्त गर्यो भने उपविजेता लुम्बिनीले १ लाख नगदमा चित्त बुझाएको छ।

कमेन्ट लोड गर्नुस