सुदूरपश्चिममा कुन स्थानीय तहमा कति वन ? (सुची सहित)
सुदूरपश्चिममा कुुल भूभागको झण्डै ५७ प्रतिशत बन रहेको छ। वन अनुसन्धान तथा सर्वेक्षण विभागका अनुसार सुदूरपश्चिममा कुल भूभागको ५६ दशमलव ९ प्रतिशत वन रहेको हो। सुदूरपश्चिममा १९ लाख ६ हजार २ सय ७० हेक्टर क्षेत्रफल रहेकोमा त्यस्को ५६ दशमलव ९ प्रतिशत अर्थात १० लाख ८३ हजार ७ सय ६९ हेक्टर वन क्षेत्र रहेको छ।
प्रदेशमा सबैभन्दा बढि कैलालीको मोहन्याल गाउँपालिकामा कुल भूभागको ८५ दशमलव ४ प्रतिशत अर्थात ५३ हजार २ सय ४४ हेक्टर वन क्षेत्र रहेको छ। यस्तै दोश्रो नम्वरमा कैलालीकै चुरे गाउँपालिका रहेको छ। चुरे गाउँपालिकामा कुल भूभागको ८४ दशमलव ४ प्रतिशत अर्थात ४१ हजार ३ सय ८१ हेक्टर वन क्षेत्र रहेको छ।
कुन स्थानीय तहमा कति वन