सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको महाकाली नदीमाथिको सीमा पुल खुल्ला

२०७९ मंसिर १९, १२:३२ खबर संवाददाता

दार्चुला: दार्चुलाको महाकाली नदीमाथिको नेपाल–भारत जोड्ने सीमा पुल खुलेको छ। बन्द रहेको पुल दुई घन्टापछि खुलाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीका अनुसार आइतबार भएको दोहोरो ढुंगामुढाको विषयलाई लिएर सोमबार बिहानैदेखि भारतीय पक्षले सीमा पुल बन्द गरेका थिए। शाहीका अनुसार भारतीय व्यापारी र नागरिक मिलेर सीमा पुल बन्द गरेका थिए।

महाकाली नदीमा भारतले एकतर्फी ढंगले तटबन्ध निर्माण गरिरहेको भन्दै नेपाली नागरिकहरुले आइतबार विरोध गर्दै पुल बन्द गराएका थिए। 
 

कमेन्ट लोड गर्नुस