बाजुरा प्रदेश सभा (१) नरेश शाही विजयी
धनगढी: बाजुरा प्रदेश सभा (१) मा नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी भएका छन्। बाम-लोकतान्त्रीक गठबन्धनबाट उम्मेदवार बनेका शाही १० हजार ९ सय ७३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीले ८ हजार ६ सय ३२ मत प्राप्त गरे।
यस्तौ गठबन्धनबाट मित्रवत प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विक ९केशव० ले १ हजार ९८ मत प्राप्त गरेका छन्। विजयी भएका शाही राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष समेत हुन्। उनलाई काँग्रेसले सर्मथन गरेको थियो।