सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेनेगलको संसद बैठकमा तनाव, सांसदहरुबीच कुटाकुट

२०७९ मंसिर १७, ०५:५५ खबर संवाददाता

एजेन्सीः सेनेगलको संसद बैठकमा सांसदहरुबीच कुटाकुट भएको छ। संसदमा बजेट प्रस्तुत गर्ने क्रममा सत्ता पक्षका पुरुष सांसद मासाता साम्बले विपक्षी दलकी महिला सांसद एनडिगो गिनिबीलाई थप्पड हानेपछि विवाद सुरु भएको थियो। त्यसपछ सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदबीच कुर्सी हानाहान भएको छ भने केहीले मुक्कामुक्की पनि गरेका छन्।

बैठकमै सांसदहरुले अश्लिल शब्द प्रयोग गरेर एक अर्कालाई गाली पनि गरेका बीबीसीले जनाएको छ। सेनेगलमा सत्तारुढ दलले बहुमत गुमाएपछि गएको जुलाई महिनामा चुनाव भएको थियो। चुनावमा सत्तारुढ पार्टीले बहुमत ल्याउन नसकेपछि तनाव झन बढेको छ।

राष्ट्रपति म्याकी सालले सन् २०२४ को राष्ट्रपति चुनावमा तेस्रो पटक पनि उम्मेदवारी दिने तयारी गरेपछि विपक्षी झनै आक्रामक बनेका छन्। यसअघि गएको सेप्टेम्बरमा पनि संसदको पहिलो बैठकमै सांसदहरुबीच झडप भएको थियो। 

कमेन्ट लोड गर्नुस