बाजुरामा बद्री पाण्डेको अग्रता कायमै, कर्ण थापा मतान्तर घटाउँदै
धनगढीः बाजुरामा मतगणनामा जारी छ। पछिल्लो मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन्।
२६ हजार ९४२ मत गणना हुँदा कांग्रेसका उम्मेदवार पाण्डेले १ हजार ६५८ मतले अग्रता लिइरहेका छन्। उनले १४ हजार २२१ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर थापाले १२ हजार ५५७ मत प्राप्त गरेका छन्।
यहाँ ६० हजार १५२ मत खसेको थियो।