सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा मुचुल्काभन्दा ४० भोट बढी भेटियो, मत गणना स्थगित 

। फोटो स्रोत ।
२०७९ मंसिर १६, १०:४६ खबर संवाददाता

धनगढी: बाजुरामा मुचुल्काभन्दा ४० भोट बढी भेटिएपछि मत गणना स्थगित भएको छ। जिल्लाको हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मत गणनाका क्रममा मुचुल्काभन्दा बढी मत आएपछि मत गणना स्थगित भएको बताइएको छ।

प्रतिनिधिसभाको मत गणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेभन्दा ४० मत बढी खसेपछि मत गणना रोकिएको बताइएको छ। प्रदेशसभाको मतगणना भने जारी रहेको जनाइएको छ।  

कमेन्ट लोड गर्नुस