सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिभिल बैंकले ल्यायो ‘डिजिटल सुदूरपश्चिम’ योजना

२०७९ मंसिर १५, ०३:१५

धनगढीः काठमाण्डौँमा केन्द्रिय कार्यालय रहेको सिभिल बैंक लिमिटेडले ‘डिजिटल सुदूरपश्चिम’ योजना सार्वजनिक गरेको छ। बिहीबार बैंकको १२ औँ वार्षिक साधारणसभाको अवसरमा यस्तो योजना धनगढीमा सार्वजनिक गरेको हो।


‘सवारी पनि स्मार्ट, पेमेन्ट पनि स्मार्ट’ योजना समेत बैंकले सार्वजनिक गरेको छ। अबको ५ वर्षभित्रै धनगढीलाई नगदरहित सहर बनाउने योजना रहेको सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले बताए। ‘राष्ट्र बैंकसँगको समन्वयमा अबको दुई वर्षभित्र धनगढीलाई ‘डिजिटल सिटी’ बनाउने योजना समेत छ, बैंकले दिने भरपर्दो सेवाकै कारण दुई वर्षको अवधिमा देशैभर गरी चार लाख सेवाग्राही थप भएका छन्।’ उनले भने।


‘फोन पे’ प्रयोगकर्ता बढ्दै गएकाले डिजिटल बैंकिङ सेवामा सिभिल बैंक अग्रस्थानमा रहेको ‘फोन पे’ सेवाका प्रमुख कार्यकारी अधिकृत दीपक सापकोटाले बताए। सबैभन्दा बढि ‘फोन पे’ गर्ने सेवाग्राहीमध्ये एक जनालाई स्मार्ट फोन र पाँच जनालाई झोला उपहारको व्यवस्था समेत गरिएको उनले जानकारी गराए।

कार्यक्रममा नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विनोद लेखकले ‘फोन पे’ सजिलो र सजिलैसँग प्रयोग गर्न मिल्ने भएकाले असुरक्षाको सामना गर्नुनपर्ने बताए।
 

 

कमेन्ट लोड गर्नुस